त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्ने

प्रज्जवल थापा । नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । क्रिकइन्फोले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्डको सामना गर्नेछ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपालसहित नेदरल्याण्ड र मलेसियाको सहभागिता रहनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिज बैशाख ४ गते देखि ११ गतेसम्म हुनेछ । लिगको शिर्ष दुई स्थानमा रहने टोलीले बैशाख ११ गते फाइनल खेल खेल्नेछन् । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिनले गर्नेछ । क्यानले सिरिजको लागि टिकटको मुल्य १ सय ५० रुपैयाँ तोकिसकेको छ ।

कोरोना भाईरस महामरीको कारण नेपालले १४ महिना देखि अन्तराष्ट्रिय खेल खेलको छैन । हाल नेपाललाई विदेशी प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षण दिइरहेका छन् ।

सिरिजको खेल तालिका

वैशाख ४: नेपाल विरुद्ध नेदरल्याण्ड्स
वैशाख ५: नेदरल्याण्ड्स विरुद्व मलेसिया
वैशाख ६: नेपाल विरुद्ध मलेसिया
वैशाख ७: नेपाल विरुद्ध नेदरल्याण्ड्स
वैशाख ८: नेदरल्याण्ड्स विरुद्व मलेसिया
वैशाख ९: नेपाल विरुद्ध मलेसिया
वैशाख ११: फाइनल खेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *