माओवादी केन्द्रद्वारा एमाले प्रवेश गरेका चार सांसदलाई कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका चार जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्यसमेत नरहने गरी सांसदबाट हटाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकामा प्रभु साह बाहेक अरुले जवाफ नदिएको र साहको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको उल्लेख गरेका छन् ।

राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई भने कारबाही गरिएको छैन । संसद सचिवालयमा मंगलबार दर्ता गरिएको पत्रमा हाल मन्त्री रहेका चारै सांसदलाई दल त्यागबारेको जानकारी सदनमा पेश गर्न अनुरोध गरिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *