राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश दुईका प्रमुखको पहिलो महिनाको आधा तलब

काठमाडौं । प्रदेश दुईका प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । उनले बुधबार केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गरेका हुन् ।

सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नम्बर २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताए । केन्द्रका सञ्चालक पुनले प्रदेश नम्बर २ मा केन्द्र स्थापना गर्न आफू इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको व्यवस्थापन सहयोग गर्न आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *