माओवादीले भन्यो– सरकारले चैत २३ गतेभित्र विश्वासको मत नलिए संवैधानिक हैसियतमा प्रश्न उठ्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने बताएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले यही चैत २३ गतेभित्र सरकारले विश्वासको मत लिनुपर्ने बताएका छन् ।

उनले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको संवैधानिक हैसियतमा प्रश्न उठ्ने बताए । सर्वोच्च अदालतको फाुगन २३ गतेको फैसलाले तत्कालीन सत्तारुढ दल नेकपा विभाजित भएको भन्दै त्यस्तो अवस्थामा विश्वासको मत लिनुपर्ने उनले बताए ।

उनले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ। अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्न उठ्ने देखिन्छ ।’

उनले सत्तारुढ दल विभाजित भएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १०० (२)को व्यवस्था स्मरण गराए । गुरुङले सरकार पुस ५ गतेकै मानसिकता अर्थात प्रतिनिधिसभा भंग गर्ने र निर्वाचनमा जाने मनस्थितिमा रहेको आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *