भारतीय राष्ट्रपति कोविन्दको मुटुको शल्यक्रिया, नेपाली समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उाको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले मङ्गलबार जानकारी गराएको छ ।

“भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,” संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा पुष्टि गरेका छन् ।

गत हप्ता, राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँ दिल्ली मा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई उपचारका लागि एम्समा सारिएको थियो ।

चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट सल्यक्रिया गर्न दिएको सल्लाह बमोजिम उनको मुटुको शल्यक्रिया भएको हो । उपचारमा सम्लग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति कोविन्दको मुटुकोे सफल शल्यक्रिया भइसकेको र उनको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको बताए ।

यसैबीच, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । भारतीय राष्ट्रपति कोविन्दको आज मुटुको सफल शल्यक्रिया गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *