काठमाडौं । मुलुकभर लकडाउन खुकुलो भएपछि मानिसको चहलपहल सुरु भएको भएतापनि अन्तर जिल्ला आवतजावत कडाइ नहुँदा तथा सिमा क्षेत्रमा कडाइ नहुँदा कोरोना संक्रमितको संख्या एक स्थानबाट अर्को स्थानमा देखिन थालेको छ । सिमा क्षेत्र त्यसैपनि असुरक्षित थियो ।
यसैबीच वीरगंज महानगरका प्रमुख विजय सरावगीलाई कोरोना पुष्टि भएको छ । उनको पिसिआर रिर्पोट पोजेटिभ आए पछि काठमाडौंमा उपचार भैरहेको छ ।
