कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उहाँको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मंगलबार विहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनी लामो सयमदेखि रक्तचापको औषधि खाइरहेका थिए । उनी नेकपा एमालेको तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *