चीनमा स्थानीय स्तरमा कोभिड संक्रमण शून्य

चीनमा आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् ।

चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण त भेटिएको छ तर पनि उनीहरु चीनभित्र नै संक्रमित भएका भने नपाइएको बताएको हो । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको बताइएको थियो ।

बेइजिङमा आइतबार १५जना नयाँ संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएको थियो । त्यसैगरी आइतबार कोभिडबाट मृत्यु भएको समाचार पनि नरहेको कमिसनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *