शौचालय जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बनेपा । काभ्रेको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार राति दुई बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार रिजाल काठमाडौं विश्वविद्यालयमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो । उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *