काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि सहमहामन्त्री शाहीले सबैलाई एकजुट हुन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि गरिरहेको बेला शाहीले नेपाली कांग्रेस सबैलाई समेटेर लैजान तयार रहेको बताए ।
‘सबै मिलाएर लिन कांग्रेस तयार छ,’ सहमहामन्त्री शाहीले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै लेखका छन्, ‘सबै जुटौ कोही नफुटौं ।’ शाहीले समानान्तर गतिविधि गरिरहेका देउवा समूहका नेताहरुलाई लक्षित गर्दै सबैलाई समेटेर लैजान तयार रहेको बताएका हुन् । १४ औं महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री लडेका शाही कर्णालीका पूर्व मुख्यमन्त्री पनि हुन् ।
