गोरखा । सभामुख डीपी अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी लिमिटेड कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकस्थित सिउरेनीटारमा बुधबार आयोजित समारोहमा सभामुख अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी कार्यालय र पुलको शिलान्यास गरेका हुन् ।
सो अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार मन्त्री सुनिल लम्साल तथा गोरखा र धादिङका सांसदहरूसहित जनप्रतिनिधि सहभागी रहेका थिए । वर्षौंदेखि निर्माणको चर्चा भइरहेको १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढ्न सकेको छैन।

