सरकारको गलत कामको विरोध गर्न डराउँदैनौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री निकट व्यक्ति भएकै भरमा कसैलाई अनुसन्धानबाट उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

उनले अहिले विभिन्न विषयमा अनुसन्धान भइरहेको कुरा बाहिर आएका भन्दै त्यसमा कसैलाई उन्मुक्ति दिन नमिल्ने बताए । उनले भने, ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कांग्रेसका नेतामाथि राज्यले अनुसन्धान गरेको छ, कारबाही गरेको छ । त्यसैले अनुसन्धानमा बाधा गर्ने काम नहोस् ।’

सरकारविरुद्ध ठूलो स्वर गर्यो भनेर साथी भाइहरुले सुझाव दिने गरेको भन्दै सभापति थापाले सरकारको गलत कामको विरोध गर्ने बताए । उनले भने,‘राजाको शासनमा त चुप लागेर बसेनौँ । गलत कामको विरोध गर्न डराउनु हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *