सल्यानको सामुदायिक वनको ओडारबाट ८ नाल भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ बजे सामुदायिक वनको ओडारमा लुकाइराखेको अवस्थामा ७ नाल साबुत र १ नाल बेसाबुत गरी ८ नाल भरुवा बन्दुक फेला पारेको हो ।

बरामद गरिएका बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त हतियार कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *