बालेनको दूरदर्शी सोच संयुक्त राष्ट्रसंघको महासभामा दिएको सम्बोधनबाट झल्किएको छः मोदी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्रै नभई आत्मीयता र अटुट विश्वासमा आधारित रहेको बताएका छन्।

नेपालका प्रधानमन्त्री बालेन साहसँग द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले दुवै देशका खुसी साझा रहेको र चुनौतीहरू पनि मिलेर सामना गर्ने गरेको उल्लेख गरे।

‘हाम्रा खुसी साझा छन्। चुनौती पनि साझा छन्। हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्कालाई साथ दिन्छौँ,’ मोदीले भने।

त्यस्तै, मोदीले भगवान् राम र माता सीताको प्रसंग उल्लेख गर्दै नेपाल र भारतबीचको साझा इतिहास तथा सांस्कृतिक सम्बन्धको चर्चा गरे। ‘नेपालबिना हाम्रा राम अधुरा छन्,’ उनले भने।

प्रधानमन्त्री मोदीले नेपाली समकक्षी बालेन साहको दूरदर्शी सोच संयुक्त राष्ट्रसंघको महासभामा उनले दिएको सम्बोधनबाट झल्किएको पनि बताए। यसअघि शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तन, हिमालय क्षेत्रको संरक्षण तथा क्षेत्रीय सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *