नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या–जनकपुर जोड्ने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सोमबार दिल्लीबाट भर्चुअल माध्यममार्फत सरयू–कमला एक्सप्रेस रेल सेवाको दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उक्त रेलले उत्तर प्रदेशको अयोध्या र नेपालको जनकपुरलाई जोड्नेछ ।
भगवान् रामको जन्मभूमि मानिने अयोध्या र माता सीताको जन्मभूमि जनकपुरबीच रेल सम्पर्क विस्तारलाई दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा यातायात सम्बन्ध थप सुदृढ गर्ने पहलका रूपमा हेरिएको छ ।
