हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्री वार्तामा

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक रूपमा स्वागत गरेका छन् ।

द्विपक्षीय औपचारिक भेटवार्ता सुरु हुनुअघि हैदरावाद हाउस परिसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीलाई स्वागत गरेका हुन् । सो अवसरमा दुवै देशका प्रधानमन्त्रीबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो। स्वागत कार्यक्रमलगत्तै दुवै देशका प्रधानमन्त्रीहरूबीच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *