प्रधानमन्त्री साहद्वारा दिल्लीस्थित राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहले राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । आज बिहान १०ः४० राजघाट पुगेर प्रधानमन्त्रीले गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । अब हैदराबाद हाउसमा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्दैैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *