काठमाडौं । नेपालले आगामी वर्ष इंग्ल्याण्ड भ्रमणका क्रममा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) खेल खेल्ने भएको छ ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को आयोजनामा हुने इंग्ल्याण्ड भ्रमणमा नेपालले ३ जुनमा बंगलादेशसँग लर्ड्समा टी–२०आई खेल खेल्ने तालिका रहेको छ । यो नेपालको लर्ड्स मैदानमा बंगलादेशसँग हुने ऐतिहासिक भिडन्त हुनेछ ।
नेपालले भ्रमणको सुरुवात १ जुनमा स्कटल्याण्डसँग एकदिवसीय खेलबाट गर्नेछ । त्यसपछि ६ जुनमा आयरल्याण्डसँग अर्को एकदिवसीय खेल खेल्नेछ ।
यस्तै, नेपालले आयरल्याण्डसँग ९, ११ र १२ जुनमा तीन टी–२०आई खेल खेल्ने तालिका रहेको छ ।
यसरी नेपालले इंग्ल्याण्ड भ्रमणमा एकदिवसीय र टी–२०आई गरी विभिन्न ६ खेल खेल्नेछ ।
