मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बिहीबार बिहान ८ः५५ बजे नम्बर नखुलेको सुमो गाडी सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका १० जनालाई स्थानीयवासी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
