काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारी तथा परिषद् सदस्यहरूले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य–सचिव इन्जिनियर सन्तोष पाण्डेय र कोषाध्यक्ष रमेश शेखर बज्राचार्यसहित परिषद् सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्नुअघि उपाध्यक्ष डोल्माले पवित्र मायादेवी मन्दिरमा पूजाआजा तथा दर्शन गरेकी थिइन् । नवनियुक्त पदाधिकारी तथा परिषद् सदस्यहरूलाई कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईलगायत कर्मचारीहरूले स्वागत गरेका थिए । नयाँ नेतृत्वले लुम्बिनीको संरक्षण, विकास तथा व्यवस्थापनका कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

