मकवानपुर दुर्घटनाका मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिन सरकारसँग रविको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकको दुर्घटनामा परी ज्यान गएको घटनाले आफूलाई स्तब्ध र मर्माहत बनाएको उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले एउटै बस्ती र टोलमा परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरेका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

लामिछानेले दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *