बनेपामा दुई बस आपसमा ठोक्किँदा २५ जना घाइते

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–६ बुडोल डाँडामा दुई बस आपसमा ठोक्किँदा २५ जना घाइते भएका छन् ।आज धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांशको अवस्था सामान्य रहेको छ ।

शीर मेमोरियल अस्पतालमा उपचाररत २१ जनामध्ये पाँच जनाको अवस्था मध्यम रहेको छ । उनीहरूमा नाक, मुख, टाउको, हातखुट्टा तथा छातीमा चोट लागेको छ । त्यस्तै, धुलिखेल अस्पतालमा उपचाररत चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षक राकेश थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुर्घटनामा संलग्न दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *