काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन्।
नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै उनले आपसी सद्भाव, आत्मीयता र राष्ट्रिय एकता अझ प्रगाढ बनोस् भन्ने कामना गरेका छन्।
त्यस्तै, म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन्।
नेपालको सांस्कृतिक विविधता र एकताको भावनालाई थप बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा प्रेरणा प्रदान गर्ने उनको भनाइ छ।
थापाले ‘न्हूदँया भिन्तुना’ भन्दै सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
