नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन साहले नेपाल संवत् ११४७, न्हूदँया भिन्तुना तथा म्ह पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री साहले नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

उनले नेवार समुदायमा मनाइने म्ह पूजाले आत्मशुद्धि, चेतनाको बोध, आपसी सद्भाव र जातीय एकतालाई बलियो बनाउने बताएका छन्। आफ्नै शरीर र चेतनालाई साक्षी राखेर गरिने म्ह पूजाको परम्परा नेपाली मौलिक संस्कृतिका लागि गौरवको विषय भएको उनको भनाइ छ।

त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारको सांस्कृतिक र धार्मिक महत्त्व उल्लेख गर्दै उनले कृषि कर्ममा सहयोग गर्ने गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व दर्शाउने बताएका छन्।

भैलो र देउसीले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले आपसी रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *