प्रधानमन्त्री बालेनको ‘लुसिफर’ पोज !

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफूलाई ‘लुसिफर’ भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री साहले आफूलाई ‘लुसिफर’ भन्दै सामाजिक संजालमा तस्बिर सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको तस्बिरमा कालो पहिरन, कालो चस्मा र लामो दाह्रीमा देखिएको छ । तस्बिरमा उनले एक हातले आफ्नो कपाल समातेका छन् । प्रधानमन्त्री साहको यो तस्बिर अन्य बेलाको भन्दा फरक शैलीमा देखिएको छ ।

साथै अमेरिकी र्‍यापर जे-जी (JAŸ-Z) को नामसमेत उल्लेख गरेका छन् । जे-जीको ‘Lucifer’ शीर्षकको गीत पनि छ । ‘लुसिफर’ शब्दले शैतान वा विद्रोही चरित्रलाई जनाउने गर्छ ।

प्रधानमन्त्री साहले यसलाई कुन सन्दर्भमा प्रयोग गरेका हुन् भन्ने विषयमा भने उनले थप केही खुलाएका छैनन् । प्रधानमन्त्री साहलाई उनका विरोधीहरुले ‘लुसिफर’ भन्दै आलोचना गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *