काठमाडौँले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा काठमाडौँ गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले ८ विकेटको क्षतिमा १६० रन बनाएको छ ।

काठमाडौंका लागि डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६६ रन बनाए । वार्नरले युवा ब्याटर साहिल पटेलसँग १०४ रनको ओपनिङ साझेदारी गरेका थिए । पटेलले ३६ बलमा ३८ रन बनाए ।

वार्नर र पटेलबीच शतकीय साझेदारी भए पनि लुम्बिनीका बलरले कमब्याक गर्दा काठमाडौंले ठूलो स्कोर बनाउन सकेन । उनले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । यस्तै शेर मल्ल र रुबेन ट्रम्पलमेनको नाममा पनि २–२ विकेट रह्यो । मल्लले दुवै ओपनर डेविड वार्नर र साहिल पटेलको विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *