डोल्पा । डोल्पा कारागारबाट फरार भएका थप दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा बुधबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ घर भएका चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन । फरार भएका आठ मध्ये यसअअघि दुई जना पक्राउ परेका थिए । अब फरार भएका चार कैदी पक्राउ गर्न बाँकी छ ।
