रौतहटको गौरमा गोली प्रहारबाट एक जना गम्भीर घाइते

रौतहट । रौतहटको गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन् । गएराति सवा ९ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो ।

उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको छ।

घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका छन् ।घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *