काठमाडौँ । शुक्रबार शेयर बजार नेप्से घटेको छ । शुक्रबार नेप्से ५.४५ अंकले घटेका हो । नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ । आज ३४८ वटा कम्पनीको दुई करोड २८ लाख कित्ता शेयर ८ अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएकामध्ये १०२ वटा कम्पनीको मूल्य बढ्दा १६९ वटाको घट्यो ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर १२.११ प्रतिशतले बढ्दा लुम्बिनी विकास बैंकको ७ प्रतिशत,ग्रिन डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ५.४४ प्रतिशतले बढ्यो। आज पाँचवटा समूहको उपसूचक सकारात्मक देखिए।
डेभलपमेन्ट बैंक,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ समूहको उपसूचक सकारात्मक बन्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।
