ब्राजिलमा कोरोना संक्रमणबाट दुई लाख ७८ हजारको मृत्यु

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या १ करोड १४ लाख नाघेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० पुगेको छ ।

यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । अहिलेसम्म यो संक्रमणबाट ज्यान जानेको संख्या २ लाख ७८ हजार २२९ पुगेको छ । गएको २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ ।

त्यसैगरी गएको २४ घन्टामा मात्र यो सङ्क्रमणबाट एक हजार १२७ जनाको ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *