सरकारलाई गोकुल बास्कोटाको सुझावः आइजीपी होइन, तातोपानी नाका चलाउ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनताको विषय उठाउँदै व्यापार र मुख्यमन्त्रीको हैसियतका लागि मात्रै अघि बढ्न नहुने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बास्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनता नचाहिएको हो भने खुलेरै ‘सिक्किम बन्छु’ भन्न चुनौती दिएका छन् ।

उनले प्रभाव र दासत्व फरक कुरा भएको उल्लेख गर्दै आईजीपीको विषयभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिनुपर्ने आशयसमेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘नव झोले र भेडा आइलाग्नै पर्दैन । केवल व्यापार र मुख्य मन्त्रीको हैसियत चाहिएको हो । तर राष्ट्रिय अखण्डता र स्वाधिनता चहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन । प्रभाव र दासत्व फरक हो । आइजीपी होइन, तातोपानी नाका चलाउ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *