एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । उद्धाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिम आजको खेलमा पुनरागमन गर्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा ब्याटिङ चल्न नसक्दा सुदूरपश्चिम ८७ रनमा अलआउट भएको थियो ।

यता पोखरा भने जितसहित लिगको शुरुवात गर्न चाहन्छ । पहिलो दुई संस्करणमा प्लेअफसँगको यात्रा तय गर्न नसकेको पोखरा यसपटक इतिहास बदल्ने लक्ष्यमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *