काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी उद्धाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई जितको लागि ८८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटिएको हो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले २३ बलमा २ चौकाको मद्दतमा सर्वाधिक २७ रन बनाए । यस्तै अनिल खरेलले १५ र ओपनर सैफ जैबले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न किशोर महतोले ४ ओभरमा २८ रन दिएर चार विकेट लिए । यस्तै शेर मल्लले ४ ओभरमा ११ रन दिएर तीन विकेट लिँदा रोहित पौडेल, श्याडली भान शाल्कविक र तिलक भण्डारीले समान एक/एक विकेट लिए ।
अब सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्नेछ ।
