काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित भएका छन् ।
आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन् । उक्त खेल हेर्न प्रधानमन्त्री शाह रंगशाला पुगेका हुन् ।
उद्घाटन खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् । उनले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका छन् ।
फोटो: पीएमओ, नेपाल फेसबुक







