डीएनए परीक्षण तथा अनुसन्धान क्षमता बढाउन सरकारलाई एक करोड र किट सहयोग

काठमाडौँ । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गरे । आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएका हुन् ।

सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले प्राप्त डीएनए परीक्षण किट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *