चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले चितवनमा प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका प्रमुख र सातवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेकी छन् ।
सोमबार भएको छलफलमा भूमिसम्बन्धी समस्या, सेवा प्रवाह तथा समाधानका उपायबारे कुराकानी भएको निजी उनको सचिवालयले जनाएको छ ।
त्यसैगरी, मन्त्री रावलले सहकारी पीडितहरूसँग पनि भेटघाट गरेकी छन् । उनले सहकारी पीडितका समस्या र समाधानका लागि सरकारले गरिरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराएकी छन् ।
