सुनसरीमा ९१५ किलो गाँजासहित चार जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवाबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिकै ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।

शनिबार राति १ः३० बजे गरिएको खानतलासीका क्रममा घरको कोठामा लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ ९१५ किलो ६८० ग्राम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासँगै प्रदेश १–०२–००१ प ९९९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

उनीहरूलाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *