क्यानडाविरुद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ । अल अमेराट क्रिकेट मैदानमा हुने खेलमा क्यानडाले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । ओमानविरुद्ध खेलेका सन्दीप जोराको स्थानमा गुलसन झा टोलीमा फर्किएका छन् । उनले पछिल्लो खेल चोटका कारण गुमाएका थिए ।

नेपालको प्लेइङ ११ :- आसिफ शेख, अर्जुन साउद, इशान पाण्डे, रोहित पौडेल, बासिर अहमद, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने(कप्तान), ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *