नेपालद्वारा ओमानलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी खेलमा नेपालले ओमानलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा नेपालले घरेलु टोली ओमानलाई जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको हो । नेपालको लागि रोहित पौडेलले अर्धसतक बनाए । उनले ६७ बल खेल्दै ३ चौका र एक छक्काको मद्दतमा ६१ रन बनाए । यस्तै करण केसीले अन्त्यमा विस्फोटक ब्याटिङ गर्दै नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएका हुन् । उनले १६ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ४० रन बनाए । यस्तै अर्जुन कुमालले ४०, इशान पाण्डे र बासिर अहमदले समान ३७/३७, दीपेन्द्र सिंह एरीले २२ र सन्दीप जोराले १० रनको योगदान गरे ।

ओमानको लागि शाह फैसल, शकिल अहमद र करण सोनाभालेले समान दुई/दुई विकेट लिँदा हसनैन शाहले एक विकेट लिए । अब ओमानले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *