चितवनमा स्क्रब टाइफसका सङ्क्रमितको संख्या २३४ पुग्यो

नारायणगढ । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको जानकारी दिए। उनका अनुसार जिल्लाका स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जना ९१८ पुरुष, २८ महिला० र भरतपुर महानगरपालिकामा ३२ जना ९नौ पुरुष, २३ महिला०मा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी खैरहनी नगरपालिकामा २२ जना, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।

कार्यालयका अनुसार सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । जिल्लाभित्रका सङ्क्रमित १४२ जनामध्ये ५२ पुरुष र ९० महिला छन् भने बाहिरी जिल्लाबाट आएका ९२ सङ्क्रमितमध्ये ३४ पुरुष र ५८ महिला छन् । हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *