बूढीगण्डकीमा भीषण बाढी, सल्लेरी बजार बगायो(भिडियोसहित)

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने स्यार खोलामा आएको बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीका कारण वडा नम्बर ६ मा बूढीगण्डकी किनारका घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान करिब ३ बजेदेखि खोलामा बाढी आएको हो । सुक्खा पहिरोका कारण खोला थुनिएपछि एक्कासि पानीको बहाव बढेको उनले बताइन् । उनका अनुसार पाँचवटा गाउँमा क्षति पुगेको जानकारी आएको छ ।

प्रहरी चौकीका असई ऋषिराम यादवले सल्लेरी बजार बगाएको छ भने जगत बजारमा ठूलो क्षति भएको प्रारम्भिक सूचना आएको बताए ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदी आसपासका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा जान अनुरोध गरेका छन् ।

यसैबीच, पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पछिल्लो १२ घण्टामा उक्त क्षेत्रमा वर्षा भएको देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *