कांग्रेस महाधिवेशन : आज मतदाता नामावली सार्वजनिक हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि आज मतदाता नामावली सार्वजनिक गरिँदैछ । निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित नामावलीमाथि दाबी–विरोधका लागि साँझ ५ बजेदेखि ६ः३० बजेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त दाबी–विरोधमाथि जाँचबुझ गरी टुंगो लगाउन ६ः३० देखि ७ः३० बजेसम्मको समय तोकिएको छ ।

जाँचबुझपछि राति ८ः३० बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनका लागि मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने मतदान बिहीबार बिहानदेखि सुरु हुने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *