सुन तोलाको दुई लाख ९१ हजार ९००

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९०० र चाँदीको मूल्य  ६०  रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ३९० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *