रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

पेरिस । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइईए) का सदस्य देशहरूले अहिलेसम्म रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य उत्पादनहरू बजारमा पठाइएको आइईएले जानकारी गराएको छ । यो अन्तर्राष्ट्रिय बजारमा इन्धनको कमी हुन नदिन मार्चमा प्रतिवद्धता गरिएको ४० करोड ब्यारेलमध्येको आपूर्ति हो ।

यो अद्यावधिक विश्वका प्रमुख सात शक्तिशाली अर्थतनत्र (जी–७) देशहरूले आइईएसँग समन्वय गरी अमेरिका–इरान युद्धको असरबाट उत्पन्न विश्वव्यापी ऊर्जा आपूर्ति चिन्ता कम गर्न तुरुन्तै अतिरिक्त १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा पठाउने गर्ने सहमति जनाएको भोलिपल्ट आएको हो।

यो १० करोड ब्यारेलमा आइईएको मार्चमा जनाइएको प्रतिबद्धताबाट बाँकी रहेको सात करोड ५० लाख ब्यारेल समावेश गरिएको छ कि त्यो अतिरिक्त हो त्यो कुरा जी–७ ले स्पष्ट उल्लेख गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *