रास्वपा सांसद कार्की भन्छन्-सरकारले अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले अध्यादेशमार्फत काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अधिवेशनको अन्त्य हुन लागेको सन्दर्भमा सांसद कार्कीले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । कार्कीले स्थानीय तहमा मात्र नभई देशभर शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग सम्बन्धित समस्या रहेको बताए। तर ती समस्या समाधान गर्न विद्यमान संसदीय प्रक्रिया पर्याप्त छिटो नभएको उनले बताए ।

उनले भने, ‘हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ । संसद्को नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्या छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन। अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ।’ सरकारको सिफारिसमा राष्ट्रपतिले चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *