संसदीय विशेष समितिको सभापतिमा पराजुली निर्विरोध निर्वाचित

काठमाडौं । भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो ।

पराजुलीको एकल उम्मेदवारी परेको थियो । यसअघि असोज ५ गतेको बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा सांसदहरु अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *