दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । बुधबार सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न कारण देखाऊ आदेश जारी गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो । प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *