काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो कदम सरकारका लागि घातक हुने बताएका हुन् । उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताए ।उनले भने, ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ । यस्ता घटना नदोहोर्याउन म सरकारलाई आग्रह गर्दछु ।’
उनले पूर्वप्रधानन्यायाधीशलाई यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने बताए । उनले भने, ‘सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने । सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्यो नि ।’
उनले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपथ्र्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिए ।
