दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो । सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *