तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

काठमाडौँ । नेपाल मौसम पूर्वानुमान महाशाखाले तीन जिल्लाका ६ स्थानीय तहमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै प्युठान, जाजरकोट र बझाङका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना औँल्याएको हो ।

पूर्वानुमानअनुसार प्युठानको माण्डवी र सरुमारानी गाउँपालिका, जाजरकोटको नलगाड र बारेकोट तथा बझाङको केदारस्यूँ र थलारा गाउँपालिकामा भारी वर्षाको प्रभाव पर्न सक्नेछ ।

सम्भावित वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले जारी गर्ने थप सूचनाप्रति सचेत रहनसमेत स्थानीय बासिन्दालाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *